३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

रक्सी पिउने प्रतियोगिता: इनाम पाउने आशामा छिटो पिउँदा गयो ज्यान

१७ आश्विन २०८०, बुधबार १०:४५

असोज १७, काठमाडौँ | आजकाल वर्क कल्चर निकै फेरिसकेको छ । यस्तोमा अफिसमा यस्ता विभिन्न प्रतियोगिता हुन्छन् जसले कर्मचारीका लागि काम गर्ने माहौल राम्रो बनाउँछ । कर्मचारीका लागि खेलकुद, क्रियाकलाप, गीत सङ्गीतको पनि व्यवस्था मिलाइन्छ । कर्मचारीलाई प्रेरित गर्न यसमा विभिन्न खालका इनाम पनि राखिन्छन् जुन पाउनका लागि मानिसले सक्दो प्रयास पनि गर्छन् । 

छिमेकी देश चीनमा पनि यस्तै घटना भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको गुआङ्डङ प्रान्तमा अवस्थित शेनजेन सहरमा एक कर्मचारीले अफिसको प्रतियोगिता जित्न आफ्नो ज्यानको बाजी नै लगाए । सुन्दा अचम्म लाग्ला प्रतियोगिता रक्सी पिउने थियो । जसले छिटो रक्सी पिउन सक्थ्यो, उसैले बाजी मार्थ्यो । 


छिटो रक्सी पिउने प्रतियोगिता

रिपोर्टका अनुसार यो घटना जुलाईको हो । एउटा कम्पनीले कर्मचारीका लागि एक डिनर कार्यक्रम आयोजना गरेको थियो । यसमा कम्पनीका बोसले रक्सी पिउने प्रतियोगिता राखे जसमा जित्नेले २० हजार युआन अर्थात् २ लाख ५९ हजार रुपैयाँ पाउँथे । 

जाङ थर भएका कर्मचारीले सबैभन्दा धेरै रक्सी पिएका थिए । याङ थर भएका बोसले पुनः अर्को प्रस्ताव राखे । जाङभन्दा बढी पिउनेलाई ५००० युआन थप दिने घोषणा बोसले गरिदिए । सुरुमा उनको प्रस्तावमा कसैले रुचि देखाएनन् तर बोसले १०,००० युआन थपिदिए पछि अरू कर्मचारी पनि ताते । साथै, जाङलाई कसैले हराउन सकेनन् भने उनले २ लाख ५९ हजार रुपैयाँ पाउने र उनले हारे भने एक लाख बढीको ट्रिट दिनुपर्ने सर्त पनि राखियो । 

कर्मचारीको पिउँदा पिउँदै मृत्यु भयो

त्यसपछि बोस आफैँले जाङसँग प्रतिस्पर्धाका लागि केही मानिस छाने । एक प्रतियोगीका अनुसार जाङले १० मिनेट भित्रै एक लिटर रक्सी पिए । पिउँदा पिउँदै  उनी ढले । उनलाई तत्काल अस्पताल लगियो । त्यहाँ डाक्टरले उनलाई अल्कोहल पोइजनिङ भएको बताए । उनलाई अचानक निमोनिया, हृदयाघात र सफोकेसनको समस्या देखियो । उपचार सुरु गरियो तर ३ अगस्टमा उनको निधन भयो । 

रमाइलो गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताले कर्मचारीको ज्यान नै लिएपछि कम्पनी बन्द भयो । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली