२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

साढे १२ सय किलोको फर्सी फलाएर विश्व कीर्तिमान !

२५ आश्विन २०८०, बिहीबार ११:१२

एजेन्सी | अमेरिकाको मिनिसोटास्थित एकजना बागबानी शिक्षकले सबैभन्दा ठूलो फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फलाएको फर्सीको तौल १२ सय ४७ केजी छ ।

क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा यो पटक मिनिसोटास्थित आनोकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले फलाएको फर्सीले उपाधि जितेको छ ।

यो भीमकाय सुन्तला रंगको फर्सीलाई कम्तिमा ६८७ वटा गोलाकार टुक्रामा काट्न सकिन्छ ।


आफुले त्यति ठूलो फर्सी फलाएर किर्तिमान कायम गर्न सकुँला भनेर कुनै अपेक्षा नरहेको र अहिले निकै खुसी भएको ४३ वर्षीय गिन्जर बताउँछन् ।

पछिल्लो ३० वर्षदेखि फर्सी फलाउँदै आएका उनले गत वर्षसमेत अमेरिकाको सबैभन्दा ठूलो फर्सी फलाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा ठूलो फर्सीको विश्व कीर्तिमान इटालीका किसानको नाममा थियो । सन् २०२१ मा इटालीमा १२ सय २६ केजीको फर्सी फलेको थियो ।

इटालीयन फर्सीको कीर्तिमान भंग गरेका गिन्जरले यो पटक संसारकै ठूलो फर्सी फलाउनका लागि निकै मेहेनत गरे । उनले आफ्नो घर छेउमा रहेको करेसाबारीमा रोपेको फर्सीलाई निकै स्याहारसुसार गरे । दिनको १२ पटकसम्म पानी हाल्नुका साथै सधैभन्दा बढि मल तथा गोडमेल गरे ।

आनोका टेक्निकल कलेजमा बागबानी शिक्षक रहेका गिन्जरको घरमा फर्सी फलाउने पुस्तौनी काम हो । उनका बुवाले पनि फर्सीको खेती गर्दथे ।

त्यसैले गिन्जरले किशोरावस्थादेखि नै घरमा फर्सीको खेती सुरु गरेका थिए । तर फर्सी च्याम्पियनसीपमा भने उनी पहिलोपटक सन् २०२० मा मात्र सहभागी भएका थिए ।

यो पटक कीर्तिमानी फर्सीसँगै च्याम्पियनसीपमा उपाधि जितेसँगै उनले ३० हजार डलर पुरस्कार पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता