2026-07-09 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

एजेन्सी | भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् ।

काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो लगाइदिए ।

केटीहरुले चुरोट पिएको आफूलाई मन नपर्ने हुनाले क्याफेमा आगजनी गरेको ती व्यक्तिले पुलिससामु बयान दिएका छन् ।


समाचार अनुसार इन्दोरको स्काइ कर्पोरेट क्षेत्रको नजिकै रहेको उक्त क्याफेमा आएर केटीहरुले समेत चुरोट पिउने गर्दथे ।

कुनै केटीले चुरोट पिएको ती व्यक्तिलाई कत्तिपनि मन पर्दैनथ्यो, जसका कारण उनले आगो लगाइदिएर भागे । क्याफे सञ्चालकले सीसीटीभी फुटेज निकालेर हेर्दा ती व्यक्तिले आगजनी गरेको पत्ता लागेको हो ।

प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । ती व्यक्तिको नाम चाहिं खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु