१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आफ्नै विवाहमा बेहुलीसहित चार जनाको हत्या गरी बेहुलाले गरे आत्महत्या

११ मंसिर २०८०, सोमबार १०:०७

मङ्सिर ११, बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन् । 


प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार चतुरोङ अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक लिएर फर्किएका थिए । त्यसपछि उनले श्रीमती, ६२ वर्षीया आमा र ३८ वर्षीया बहिनीलाई गोली हाने । घटनामा अन्य दुई पाहुनालाई पनि गोली लागेको थियो  । उनीहरूलाई अस्पताल लगे पनि एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घटनाको समयमा चतुरोङले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए । तर उनको यस्तो गर्नुको कारण स्पष्ट हुन सकेको छैन। स्थानीय मिडियाका अनुसार पार्टीका पाहुनाहरूले प्रहरीलाई दम्पतीबिच केही विषयमा विवाद भएको बताएका छन् । केहीले आफ्नी श्रीमतीसँगको उमेरको भिन्नतालाई लिएर उनी अलि अप्ठ्यारोमा परेको पनि बताएका छन् ।

चतुरोङ र कञ्चना बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुरोङले गत वर्ष इन्डोनेसियामा सम्पन्न आसियान पारा खेलकुदमा पौडीमा रजत पदक जितेका थिए । उनले अर्धसैनिक लाइट फोर्समा पनि सेवामा रहँदा दाहिने खुट्टा गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार