2026-09-03 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

लामो दाह्री पालेर अमेरिकी महिलाले राखिन् विश्व कीर्तिमान

पुस २२, काठमाडौँ | तपाई हामीलाई थाहा भएको कुरा हो पुरुषहरुले दाह्री जुँगा पालछन् । पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविकै हो । तर अमेरिकामा भने एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा नाम लेखाएकी छिन् ।

३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् । विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको छ ।

यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०.०४ इन्च लामो थियो । समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनिन् ।

हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।

एरिक १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्नेलगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । आफ्नो किशोरावस्था देखि यौवनावस्थासम्मै उनले यस्तो जारी राखिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही