१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकुमारी घटनाबारे ओलीको आक्रोशः ‘नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री’

८ फाल्गुन २०८०, मंगलवार ०९:१३

फागुन ८, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

ओलीले सरकार आफैले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञासमेत दिए।


पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यानसमेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए।
अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिरसमेत गरे।
उनले भने, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो, तोकेर भनिएको छ। यस्तो सरकार छ कि मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ,  न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री।
आफैले बनाएको अयोगले दोषी करार गरेको छ, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ, जसका कारण प्रहरीहरु कारबाहीमा परेका छन्। जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सिर्जना भएको छ। मान्छेहरु घाइते भएका छन्। अनि त्यस्तो मन्त्री बसिरहन मिल्छ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ? यो गठबन्धनले यही गरिराखेको छ। लोकलाज पनि छैन यो गठबन्धनलाई। यस्तो अवस्थामा हामी छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी