२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धम्क्याउँदै ५० लाख मागेको आरोपमा विप्लव नेकपाका कार्यकर्ता पक्राउ

२०८०, ८ फाल्गुन मंगलवार १२:१७

फागुन ८,  काठमाडौं | धम्क्याउँदै ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विप्लव नेकपाका २ कार्यकर्तालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कैलालीको टीकापुर नगरपालिका–१ का ३६ वर्षीय विश्वजित बटाला भनिने ह्दयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ का ३६ वर्षीय रमेश भनिने नरहरि ढुंगाना छन्।


उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

उनीहरुलाई फागुन ६ गते चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

उनीहरुविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरुबाट मोटरसाइकल १ थान, ४ थान मोबाइल र नेपाल कम्युनिष्ट पार्टी माओवादीको सहयोग रसिद १ ठगी बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो