१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामललाको दर्शन गर्न परराष्ट्र मन्त्री अयोध्यामा, पाँच प्रकारको आभूषण समर्पण गरिंदै

१२ फाल्गुन २०८०, शनिबार ०८:१२

फागुन १२, नयाँदिल्ली | भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम रहेको छ। 

रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार रामललाको दर्शन गर्न अयोध्या पुग्न लागेका हुन ।

बिहान ११ बजे दिल्लीबाट विशेष विमानमार्फत अयोध्या प्रस्थान गरेका परराष्ट्र मन्त्री साउँदलाइ अयोध्यास्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरू तथा अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको छ।

समाचार अनुुसार विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने नेपाल सरकारका  उनी पहिलो प्रतिनिधि हुन ।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन्। रामललाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ।

परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्नेछन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू रहेका छन ।

साथै, परराष्ट्र मन्त्री साउँदले सरयू घाटमा आज साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

 परराष्ट्र मन्त्री साउदले आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी