१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको आक्रोश : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ?

१४ फाल्गुन २०८०, सोमबार ०६:१९

फागुन १४, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज उठाए । 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई एकपछि अर्को गम्भीर आरोप लागेकाले यी विषयमा सदनमा आएर जवाफ दिन के ले रोकेको हो भन्दै प्रश्न थपे । 

“किन राजीनामा मागिरहनुपरेको छ ? यदि समस्या छैन भने र मन्त्रीलाई जवाफ दिने आधार छन्, आरोप निराधार हुन् भने यहाँ उभिएर भन्न के ले रोक्यो सरकारलाई ?,” उनले भने । सांसद लामिछानेले सामन्तवादको अन्त्य गरे भन्दै ऐन जारी गरे पनि मिटरब्याजपीडितहरू किन फेरि काठमाडौं धाउने बाध्यता आयो भन्दै सरकारलाई प्रश्न गरे ।

“सदनमा द्वन्द्वको परिस्थिति छ, सडकमा उस्तै छ । सडकमा दूध फालेर किसान आन्दोलन गरिरहेका छन् । सरकारले सदनमा विरोध गर्ने ठाउँ दिएको छ । यहाँ उभिएर जवाफ दिनुको सट्टा यो मिडियामा गएर ओठे जवाफ दिने ?,” उनले भने । जवाफ माग्दा सरकारले नसुनेकोमा उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी