2026-07-09 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको आक्रोश : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ?

फागुन १४, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज उठाए । 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई एकपछि अर्को गम्भीर आरोप लागेकाले यी विषयमा सदनमा आएर जवाफ दिन के ले रोकेको हो भन्दै प्रश्न थपे । 

“किन राजीनामा मागिरहनुपरेको छ ? यदि समस्या छैन भने र मन्त्रीलाई जवाफ दिने आधार छन्, आरोप निराधार हुन् भने यहाँ उभिएर भन्न के ले रोक्यो सरकारलाई ?,” उनले भने । सांसद लामिछानेले सामन्तवादको अन्त्य गरे भन्दै ऐन जारी गरे पनि मिटरब्याजपीडितहरू किन फेरि काठमाडौं धाउने बाध्यता आयो भन्दै सरकारलाई प्रश्न गरे ।

“सदनमा द्वन्द्वको परिस्थिति छ, सडकमा उस्तै छ । सडकमा दूध फालेर किसान आन्दोलन गरिरहेका छन् । सरकारले सदनमा विरोध गर्ने ठाउँ दिएको छ । यहाँ उभिएर जवाफ दिनुको सट्टा यो मिडियामा गएर ओठे जवाफ दिने ?,” उनले भने । जवाफ माग्दा सरकारले नसुनेकोमा उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो