2026-07-09 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम २ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी अर्जुनविक्रम शाहीको घोषणा

फागुन १४, इलाम | इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताएका छन् ।


शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवार दिन चाहेको बताएका छन् ।

विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दावी गरेको छ ।

ग्रिन नेपाल अन्तर्गत सफा र स्वच्छ वातावरण बनाउने भन्दै ग्रिन भन्दै इ सडक को योजनामा समेत काम गरिरहेको दाबी गरेको छ । आफूले ३ महिना देखि इलाममा डाटा सर्भे गर्दा अधिकांशले नयाँ र युवा खोजेको र आफू उनीहरुसँग जोडिएको दावी शाहीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो