१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम २ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी अर्जुनविक्रम शाहीको घोषणा

१४ फाल्गुन २०८०, सोमबार ०६:२९

फागुन १४, इलाम | इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताएका छन् ।


शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवार दिन चाहेको बताएका छन् ।

विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दावी गरेको छ ।

ग्रिन नेपाल अन्तर्गत सफा र स्वच्छ वातावरण बनाउने भन्दै ग्रिन भन्दै इ सडक को योजनामा समेत काम गरिरहेको दाबी गरेको छ । आफूले ३ महिना देखि इलाममा डाटा सर्भे गर्दा अधिकांशले नयाँ र युवा खोजेको र आफू उनीहरुसँग जोडिएको दावी शाहीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी