फागुन २१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सकिएको छ ।
पार्टी कार्यालयमा संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाईएको थिए ।
यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको सचिवालयका एक पदाधिकारीले बताए ।
उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो र त्यसका बारेमा छलफल गरियो । बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्यो ।’