2026-07-09 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ गठबन्धनको बैठकबाट बाहिरिए रेशम चौधरी, सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

फागुन २१, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए ।

उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’


उनले तीन प्रदेश र संघमा आफ्नो पार्टीको प्रतिनिधित्व रहेकाले सोहीअनुसारको सहभागिता निश्चित हुनुपर्ने बताए ।

‘गठबन्धन भत्किएर नयाँ बनेको साँचो हो, म अहिले नयाँ टीमको बैठकबाट निस्केको देख्नुभयो, हामी तीन प्रदेश र संघमा छौं, सुदूरपश्चिममा त हामी निणाृयक छौं,यही अनुसार अगाडि बढ्न आग्रह गरेर निस्केको छु ।’

चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री जसरी पनि लिने विषय भएको बताएका छन् ।

‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू