१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ गठबन्धनको बैठकबाट बाहिरिए रेशम चौधरी, सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

२१ फाल्गुन २०८०, सोमबार ०५:५८

फागुन २१, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए ।

उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’


उनले तीन प्रदेश र संघमा आफ्नो पार्टीको प्रतिनिधित्व रहेकाले सोहीअनुसारको सहभागिता निश्चित हुनुपर्ने बताए ।

‘गठबन्धन भत्किएर नयाँ बनेको साँचो हो, म अहिले नयाँ टीमको बैठकबाट निस्केको देख्नुभयो, हामी तीन प्रदेश र संघमा छौं, सुदूरपश्चिममा त हामी निणाृयक छौं,यही अनुसार अगाडि बढ्न आग्रह गरेर निस्केको छु ।’

चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री जसरी पनि लिने विषय भएको बताएका छन् ।

‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी