२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार पुनर्गठन : पहिलो चरणमा पदम, हितबहादुर र डीपी मन्त्री बन्दै

२०८०, २१ फाल्गुन सोमबार ०७:४२

फागुन २१, काठमाडौं | सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।

नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सार्ने भएको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।


रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बन्ने सम्भावना बलियो छ । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए । उनलाई सभापति रवि लामिछानेले तयारी अवस्थामा रहन भन्दै फोन गरेका छन् । रवि आफैँ पनि सरकारमा जाने तयारीमा छन् । तर, पहिलो चरणमा उनले डीपीलाई पठाउन लागेका हुन् ।

आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने