फागुन २१, काठमाडौं | आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् ।
दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस्ने/नबस्नेबारे केही बताइएको छैन ।