२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्ना मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन एकीकृत समाजवादीको निर्देशन

२०८०, २१ फाल्गुन सोमबार ११:५४

फागुन २१, काठमाडौं | माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ। सचिवालय बैठकले मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले बताए।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीहरुलाई केही पनि नभनेको भए पनि पाँच बजे नयाँ मन्त्रीहरुको शपथ तोकिएको जानकारी प्राप्त भएकाले आफूले सम्हालेको मन्त्रालयमा गएर बिदाई हुने सचिवालयले निर्देशन दिएको तुलाधरले बताए।


सरकारमा सहभागी हुनका साथै समाजवादी मोर्चाको एक घटकको रुपमासमेत अहिलेको सत्ता गठवन्धन परिर्वतनको कुरा आफूहरुलाई जानकारी नभएकाले हाललाई अरु कुनै निर्णय नभएको दाबी उनले गरे।

सरकारमा एकीकृत समाजवादीका तीन मन्त्री सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन्। पार्टी उपाध्यक्ष समेत रहेका डा बेदुराम भुसाल कृषि तथा पुशपक्षी विकास मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन्। 

त्यस्तै नन्दा चपाई भौतिक योजना राज्यमन्त्री छन्। भुसाल राष्ट्रिय सभा सदस्य हुन् भने ज्वाला प्रतिनिधि सभा सदस्य हुन्। उनीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको तीन महिनापछि गठबन्धन सरकारमा २०७९ चैत १७ गते सामेल भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने