१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोराको बिहे भाँड्न आमाले बेहुलीको ड्रेस बिगार्ने षडयन्त्र गरेपछि…

२२ फाल्गुन २०८०, मंगलवार ०९:५२

फागुन २२, काठमाडौं | सासू र बुहारीबिच झगडा नहुने, मनमुटाब नभएका घटना कमै होलान् । चाहे नेपालमा होस् या विदेश सासू र बुहारी मिलेको हत्तपत्त देख्न पाइँदैन । 

कतिपय सम्बन्ध त यस्ता पनि हुन्छन् जसमा बुहारी बन्नुअघि नै आमालाई छोराले बिहेका लागि रोजेको केटी मन पर्दैन । सासू र बुहारीबिचको झगडा टेलिफिल्मको कथामा मात्रै देख्न पाइन्न, दैनिक जीवनमा पनि हामीले भोगेको देखेका हुन्छौँ ।


मेक्सिकोमा सासू र बुहारीको अनौठो खालको झगडा सार्वजनिक भएको छ । समाचारहरूका अनुसार छोराले बिहे गर्न रोजेको केटीसँग मेक्सिकोमा एक महिलालाई यति धेरै समस्या थियो कि उनले आफ्नो जीवनको ध्येय नै छोराको बिहे जुनसुकै हालतमा भाँड्नु बनाइन् । यसका लागि उनले तपाईँ हामीमध्ये कतिपयले सोच्नै नसक्ने काम गरिन् ।

छोराको बिहे रोक्न आमाको सनक

मेक्सिकोका एक व्यापारीका छोरा अलेक्जान्ड्रिया नाम गरेकी मध्यम वर्गीय युवतिको प्रेममा थिए । उनी आफ्नो प्रेमिकासँग बिहे गर्न चाहन्थे तर छोराले साधारण केटीसँग बिहे गरेको परिवार हेर्न चाहदैन थियो । केटी छोराको पैसाको पछाडि छे भन्ने उनीहरूको सोचाई थियो । यस्तो बिहे भाँड्न पूरै परिवार नै केटीको पछि लाग्यो । सुरुमा बेहुलाका दाजुभाइले नक्कली एकाउन्टबाट हुने वाला भाउजूलाई धम्की दिन थाले । सम्बन्ध तोड्न उनलाई ब्ल्याङ्क चेकको लोभ पनि देखाइयो । केटालाई पारिवारिक व्यवसायबाट बेदख्खल पनि गरियो ।

यति मात्रै कहाँ हो ? बेहुलाकी आमाले छोराको कारण आफूलाई हृदयघात भएको नाटक पनि गरिन् । यति धेरै प्रयासले पनि केटा र केटी बिहेबाट पछाडि हटेनन् । त्यसपछि बेहुलाको आमाले केही गुण्डाहरू हायर गरिन् । बिहेअघि दुलहीको गाडी रोकेर उनको सेतो डे«ेसमा रातो रंग खन्याएर लुगा बिगार्न लगाइन् । तर, बेहुली लुगा फेरेर आइन् । परिवारले अथक प्रयास गरेर पनि बिहे भाँड्न सकेन । अहिले यी दुवैको बिहे भइसकेको छ । तर सामाजिक सञ्जालमा बिहे भाँड्न गरिएको प्रपञ्च भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी