१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

२५ फाल्गुन २०८०, शुक्रबार ०६:४६

फागुन २५,  मस्को | पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् । 

यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो। त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए।

भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदराबादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।

अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।

ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् । उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ। त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी