फागुन २६,काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न फागुन २८ गते सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।