२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्षबाहिर मारपिट

२०८०, २७ फाल्गुन आईतवार ०६:४०

फागुन २७, काठमाडौँ | राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको छ ।

पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको हो ।

बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । यसका लागि लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरूको एउटा समूह निस्कियो ।


त्यसपछि एकै छिन चकमन्न भयो । अनि एक्कासि अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा कैद भएको छ । ती पुरुष को हुन् भन्ने खुलेको छैन ।

अध्यक्ष लिङ्देनको कार्यकक्षमा छिर्ने ढोकै अगाडि आएपछि एक्ला पुरुषहरूलाई केही व्यक्तिहरूले भकुर्न थाल्छन् । कुटिने व्यक्ति लिङदेनको कार्यकक्षमा प्रवेश गर्न खोज्दा समातेर मुक्कै मुक्का हानेको देखिन्छ ।

त्यसपछि भित्रबाट बुद्धिमान तामाङ, दीपक सिंह लगायतका नेताहरू आएर उत्तेजित भिडलाई रोक्छन् । कुटिएका व्यक्ति भित्र पस्छन् । कुटपिटको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने