कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्"/>
2026-06-20 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?

2016-10-21

कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्तो थिएन । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खबर थाहा भयो । 

आखिर कसरी दर्ता भयो अचानक प्रस्ताव ?

एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताले भने केही दिनअगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भएपनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् ।

सर्वोच्चको म्याद छल्न झन्डै तीन साताको विदेश बसाइबाट बुधबार मात्रै स्वदेश फर्किएका कार्कीले आफ्नो पक्षमा माहोल बनाउन केही नेतालाई भ्रष्टाचारको आरोपमा पुर्जी काट्ने आकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ ।

‘निराधारै भए पनि उनले केही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो,’ गृहकार्यमा सहभागी एक नेताले भने, ‘कार्कीले अख्तियारको पुर्जी थमाउने र प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताको सूची नै तयार गरेको सूचना आएको थियो ।’

अख्तियार प्रमुखका रुपमा कार्कीले टंगालबाट सञ्चालन गरिरहेको समानान्तर सत्ताका कारण ओली, प्रचण्ड र देउवासहित प्रमुख दलका वरिष्ठ नेताहरु चिढिएका थिए । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ