१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रीको पदभार ग्रहण गर्दै उपेन्द्रले भने- जनताको सेवा गर्न वरीयताले फरक पर्दैन

२७ फाल्गुन २०८०, आईतवार ०७:५८

फागुन २७, काठमाडौँ | नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् ।

आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताए ।


उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए। उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे ।

उनले भने ‘आवश्यक सर्जरीका लागि, बिरामीहरुको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ । समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरु गर्ने नै हो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ । अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ । नेपालको स्वास्थ्यमन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो । स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पुर्‍याउने नै अहिलेको ठूलो चुनौति रहेको छ । अन्य प्राविधिक कार्यहरु त्यसकै लागि हो । जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’

उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय