३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

२८ फाल्गुन २०८०, सोमबार ०७:४९

फागुन २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

गत सोमबार पुरानो गठबन्धन भत्काएर ओली र प्रचण्डले नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्समेत पुनर्गठन गरिसकेका छन् । सोमबार भएको भेटवार्तामा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, न्युनतम साझा कार्यक्रम , प्रदेश सरकारको नेतृत्व र शक्ति बाँडफाटलगायतका बारेमा छलफल भएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिँदैछन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ ।

प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिँदैछन् । उनले आइतबार नै विश्वासको मत लिनका लागि संसद सचिवालयलाई पत्रसमेत पठाएका छन् ।

प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए।

गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। एमाले, माओवादी लगायत सत्ता गठबन्धनमा आवद्ध दलले ह्वीप तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली