१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदिप ज्ञवालीको व्यंग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

२९ फाल्गुन २०८०, मंगलवार ११:४८

फागुन २९, रोल्पा। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । 

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन ।` उपमहासचिव ज्ञवालीले भने-´जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।` 


उनले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ´दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन  तस्करीको लाइन मिलाउन थियो,` उनले भने-´ द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।`

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् । 

केहीबेरमा सुरू हुने बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती,घनश्याम आचार्य,शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय