२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नारायणकाजीले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भयो : अजयबाबु शिवाकोटी

२०८०, २ चैत्र शुक्रबार ०७:३५

चैत २, काठमाडौँ |  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तत्कालीन गृहमन्त्री (हाल परराष्ट्रमन्त्री) नारायणकाजी श्रेष्ठले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भएको बताएका छन् ।  सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले अहिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई तत्कालीन गृहमन्त्री श्रेष्ठले जोगाउन खोजेको उनले बताए ।

‘प्रतिवेदनबाट सुन तस्करी प्रकरणमा कसरी मुख्य पात्र र तिनका संरक्षकहरूलाई बचाउन खेल भएको रहेछ भन्ने उजागर भएको छ। अनुसन्धानमा लापरबाही गर्ने सीआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस भएबाट उनलाई अनुसन्धानमा कम्प्रोमाइज गर्न क—कसले दबाब दिएका थिए वा उनी आफैले मोलाहिजा राखेकी थिइन खुल्दै जाला,’ उनले लेखेका छन्, ‘तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नालाई बचाउन जुन भूमिका निर्वाह गरेका थिए त्यो उजागर भएको छ ।,’


माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले चलाएको गृह प्रशासनले आफ्नालाई काखा र अरूलाई पाखा गरेको प्रस्ट भएको शिवाकोटीको आरोप छ । ‘सुन तस्करीको आरोपित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवारलाई उन्मुक्ति दिइएको, पूर्व सभामुख कृष्ण बहादुर महरालाई सामान्य सोधपुछ पछि उन्मुक्ति दिइएको, सुन तस्करीमा आरोपित अर्थमन्त्री वर्षमान पुनलाई अनुसन्धानको दायरामै ल्याइएन,’ उनी भन्छन्, ‘बरु सीआइबीको नियन्त्रणमा आएका सुन तस्करीका बिचौलिया जीवन चलाउनेको बयान च्यातेर, प्रमाण नष्ट गराएर नयाँ बयान दिन लगाइ फरार गराइयो।’

चलाउनेले नाम लिएका  पूर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाललाई अनुसन्धानमै उन्मुक्ति दिलाउन समेत नारायणकाजीको शङ्कास्पद भूमिका देखिएको उनको आरोप छ। नयाँ गठबन्धन बन्दा समेत नारायणकाजी गृहमै बस्न मरिहत्ते गरिरहेको पछाडिको रहस्य अपराधमा संलग्न आफ्नालाई बचाउने र अपराधको सफेद सिन्डिकेट चलाउने रहेछ भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको दाबी छ ।

सुन तस्करीमा नाम जोडिएका वर्षमान पुनलाई अर्थ मन्त्रालयमा ल्याउनुले भन्सार विभागले अनुसन्धान गर्न नसक्ने उनले बताए ।

यी सबै घटनाक्रममा वर्तमान गृहमन्त्री रवि लामिछानेले पुरानै नेतृत्वको बाटो पछ्याउँछकी नयाँ ढङ्गले अघि बढ्छ भन्ने हेर्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ