१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित

३ चैत्र २०८०, शनिबार ०६:१८

चैत ३, काठमाडौं | बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । 

सो पार्टीका 'बरिष्ठ नेता' महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो । 

यादवसहित भट्टराइले लामो समय देखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’

सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ