१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नारायणकाजीलाई अजयबाबुको प्रश्न- अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन ?

५ चैत्र २०८०, सोमबार ०६:४६

चैत ५, काठमाडौँ | नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको टिप्पणी गरेका छन्।

सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका नेताहरूलाई उन्मुक्ति दिएको पुष्टि भएको बताएका हुन्।

उनले भनेका छन्- निवर्तमान गृहमन्त्री, बहालवाला परराष्ट्रमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उन्मुक्ति दिएका माओवादीका अर्का उपाध्यक्ष एवं सुन तस्करीका एक मुख्य आरोपित कृष्ण बहादुर महरा भारत भगाइन लागेका बेला सीमावर्ती जिल्ला कपिलवस्तुबाट पक्राउ पर्नु र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा अनेरास्ववियूका महासचिव दीपेश पुन पक्राउ पर्नुबाट समेत माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको छ।

तस्कर, माफिया र अपराध ढाकछोप गर्नेहरूलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डले सुशासनको नारा भट्याएको टिप्पणी गरे।

अपराधलाई ढाकछोप गर्ने नारायणकाजीजी अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे। श्रेष्ठ अहिले उपप्रधान तथा परराष्ट्र मन्त्री छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय