2026-07-09 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नारायणकाजीलाई अजयबाबुको प्रश्न- अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन ?

चैत ५, काठमाडौँ | नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको टिप्पणी गरेका छन्।

सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका नेताहरूलाई उन्मुक्ति दिएको पुष्टि भएको बताएका हुन्।

उनले भनेका छन्- निवर्तमान गृहमन्त्री, बहालवाला परराष्ट्रमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उन्मुक्ति दिएका माओवादीका अर्का उपाध्यक्ष एवं सुन तस्करीका एक मुख्य आरोपित कृष्ण बहादुर महरा भारत भगाइन लागेका बेला सीमावर्ती जिल्ला कपिलवस्तुबाट पक्राउ पर्नु र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा अनेरास्ववियूका महासचिव दीपेश पुन पक्राउ पर्नुबाट समेत माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको छ।

तस्कर, माफिया र अपराध ढाकछोप गर्नेहरूलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डले सुशासनको नारा भट्याएको टिप्पणी गरे।

अपराधलाई ढाकछोप गर्ने नारायणकाजीजी अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे। श्रेष्ठ अहिले उपप्रधान तथा परराष्ट्र मन्त्री छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू