2026-07-09 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महरालाई फोन गरेर प्रचण्डले मागे राजीनामा

चैत ६, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराबारे छलफल गर्न बसेको माओवादी पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने नगर्नेबारे छलफल भएको थियो ।

एक पदाधिकारीका अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले बैठक स्थलबाटै महरालाई फोन गरेका थिए । ‘राजीनामा दिनुहुन्छ कि के गर्ने भनेर महरालाई सोध्नुभएको थियो,’ ती पदाधिकारी भन्छन्, ‘उताबाट सोचेर भन्छु भन्नुभयो जस्तो छ ।’


महराले समय मागेपछि बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रमका लागि संसदमा जाने र फर्किएर आएपछि निर्णय गर्ने अर्का एक पदाधिकारीले बताए । महराले राजीनामा दिने, नभए निलम्बन गर्ने माओवादीको तयारी छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने बताए । ‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं, छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौं,’ प्रवक्ता सापकोटाले भने ।

सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू