2026-07-09 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोसपाले केन्द्रिय समिति बैठकः १० प्रदेशमा जानु पर्ने तथा राष्ट्रियसभा पुनर्गठन गर्नुपर्ने माग

चैत ७, महोत्तरी | लोकतान्त्रिक समाजवादी पाटीको केन्द्रिय बैठकमा संविधान संसोधनको धारणा अगाडि सारेकाे छ ।

संविधानको धारा २४७(७) लाई निष्कृय बनाई ७ प्रदेशको सट्टा पहिचानका आधारमा १० प्रदेश बनाउनु पर्ने धारणा अगाडी सारेकाे हाे । मधेशप्रदेश वाहेक ६ वटा प्रदेशमा अन्य समुदायको बाहुल्यता भए तापनी खस-आर्यहरु नै सत्तामा एकाधिकार रहेको बताउदै संघीय व्यवस्था समबन्धी धाराहरु विभेदपुर्ण भएको बैठकमा निष्कर्ष निकालिएको छ । 


लोसपाका वरिष्ठ सह-अध्यक्ष सर्वेन्द्रनाथ सुक्लले प्रस्तुत गरेको राजनीतिक अवधारणामा राष्ट्रियसभाको गठनलाई लिएर पनि असन्तुष्टी जनाईएको छ । उक्त सभामा ३ जना मनोनीत हुने व्यवस्था वाहेक प्रत्येक प्रदेशवाट जनसंख्याको कुनै विचार नगरी ८/८ जनाका दरले ५६ जना सभासदहरु निर्वाचित हुने व्यवस्था गलत भएको औल्याइएकाे हाे ।

५४ लाख जनसंख्या रहेको प्रदेशवाट पनि ८ जना मात्रै सभासद हुने व्यवस्था बिभेदपुर्ण भएको जिकिर गर्दै बैठकमा राष्ट्रियसभाको गठन सम्बन्धि धाराहरु संसोधनद्वारा खारेज गर्नुपर्ने माग गरिएको छ । 

बैठकमा बहुभाषिक नीति अनुरुप केन्द्र, प्रदेश र स्थानिय तहहरुमा सरकारी कामकाजको लागी अन्य भाषाको समेत प्रयोग गर्न पाउनुपर्ने अवधारणा अगाडि सारिएको छ । 


बैठकमा सत्ता बहिर्गमनको बिषय समेत जोडदार रुपमा उठाईएको छ । गठबन्धन जोडिनु र भत्किनु शिर्ष नेताहरुको स्वार्थ हावी भएको भन्दै गठबन्धन कै कारण मधेश प्रदेशमा लोसपाले ७ सिट मात्र ल्याएको र राष्ट्रिय पार्टी बन्न नसकेकोसमेत स्विकार गरिएकाे छ ।

२०६४ फाल्गुन १ देखि फाल्गुन १६ सम्म भएको आन्दोलनका क्रममा राज्य र आन्दोलनरत दलविच  भएको ८ बुद्दे सहमती विपरित काम भएको बैठकमा चर्चा भएको छ । सोही आन्दोलनले मधेशका मुल मुद्दा  स्थापित भएको जिकिर गर्दै बैठकमा यस्लाई निस्तेज बनाउने गरी कतिपय लागेको पनि जनाइएकाे छ । 

गत ६ गतेदेखी बर्दिवासमा जारी बैठकमा २ सय भन्दा बढी केन्द्रिय सदस्य, ६४ जना पदाधिकारीहरुको उपस्थिति रहेको छ । आजै उक्त बैठकले निष्कर्ष सहित सार्वजनिक गर्ने प्रबक्ता आभास लाभले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू