२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्केपछि विनोद चौधरीले के भने?

२०८०, ८ चैत्र बिहीबार ०६:००

चैत ८, काठमाडौँ | बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर फर्केपछि सांसद तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले आफूविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरिएको बताएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहान मात्रै उनको बयान लिएको थियो। बिहान ८ बजेदेखि सुरु भएको उनको बयान २ घण्टा चलेको थियो। बयान सकेर बाहिर निस्किएपछि चौधरीले औद्योगिक क्षेत्रलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।

यस्तो छ चौधरीको पूरा भनाइ

ममाथि अनुसन्धानका बारेमा संसद्‌लाई जानकारी गराएको पत्र जुन रूपले सञ्चारमाध्यममा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रस्ट भएको छ। हालाकि मैले यो विषयमा प्रश्न उठ्नेबित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ। त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेबित्तिकै संसद्‌को रोस्टममा उभिएर निर्वाचित सांसदका हैसियतले आफ्ना कुरा राखेँ।

मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो। म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ। ४२ वर्षअगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसिपको उत्कृष्ट स्वरूपका रूपमा खडा गरिएको नवीनतम सोचलाई राजनीतीकरण गरियो, यो अत्यन्त दु:खलाग्दो छ।

४२ वर्षअगाडि जग्गाको मूल्य कति नै पर्थ्यो होला? हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले, मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रूपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही होइन।

मेरो ४५ वर्षको लामो व्यवसायिक यात्रामा उद्यमीको हैसियतले, विचारक र राजनीतिकर्मीको हैसियतले जहिले पनि विकासको राजनीति गरेँ। दलगत राजनीतिमा लागेर गलत प्रवृत्तिलाई कहिले पनि प्रश्रय दिइनँ। दलहरूबीचका आपसी जोडघटाउ र मतभेदमा सरिक भइनँ। प्रोफेसनल र विकासप्रेमीको रूपमा आफूलाई उभ्याएँ। 

आज यो इस्युमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतीकरण गर्न खोजेको प्रस्टसँग देखियो। देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो। ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूरुलाई।

म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विशुद्ध राखिनुपर्छ भन्न चाहन्छु। राजनीतिका आफ्ना फोरम छन्। म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ। तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ