२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

पेटमा ५६ वर्षको गर्भ, शल्यक्रियापछि ८१ वर्षीय वृद्धाको मृत्यु!

२०८०, १३ चैत्र मंगलवार १२:०९

एजेन्सी | ब्राजिलको अरल मोरेराकी ८१ वर्षीया महिला डेनिएला भेराको पेटबाट ५६ वर्षीय लिथोपेडियन नामक क्याल्सिफाइड भ्रूण निकाल्न शल्यक्रिया गर्दा उनको मृत्यु भएको छ ।

डेनिएला भेरा ५६ वर्षसम्म गर्भवती भएकी थिइन् । यतिमात्र होइन उनलाई वर्षौँसम्म आफू गर्भवती रहेको कुरा पत्तो नै भएन । जब पेटमा निकै दुखाई महसुस हुन थाल्यो, तबमात्रै उनलाई त्यसबारेमा थाहा भयो।

अचानक पेटमा दुखाई बढेपछि उनी जाँच गराउनका लागि अस्पताल गइन् । उनको परीक्षण गर्ने क्रममा डाक्टरहरुले पेटमा क्याल्सिफाइड भ्रूण रहेको पत्ता लगाए। सात सन्तानकी आमा डेनिएलालाई यसबारेमा पहिलेदेखि कुनै जानकारी थिएन ।

अन्ततः गत मार्च १४ मा डाक्टरहरुले सर्जरी गरेर उक्त भ्रूणलाई हटाउन सफल भए । तर उक्त शल्यक्रिया पछि डेनिएला धेरै समय जीवित रहिनन् । अर्को दिन नै उनको मृत्यु भयो ।

डेनिएलाको उपचार गर्ने डाक्टर प्याट्रिक डेजिरेमका अनुसार शल्यक्रियापछि संक्रमणका कारण उनको मृत्यु भएको छ । उनका अनुसार कतिपय यस्ता घटनाहरु हुन्छन् जहाँ पाठेघरको साटो सरीरका अन्य भागमा गर्भाधारण हुन्छ, यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ।

यो गर्भावस्थाको एउटा प्रकार हो जहाँ सामान्य ठाउँभन्दा बाहिर गर्भाधारण भई भ्रूण बन्दछ, तर त्यो भ्रूण त्यहाँ जीवित रहन सक्दैन ।

डेनिएलाको हकमा पनि त्यस्तै भयो । भ्रूणको विकास ठीक ढंगले नभएका कारणे गर्दा भ्रूण क्याल्सिफाइड हुन्छ । यस्तोमा शरीरमा न त बढी दुखाई हुन्छ न त रक्तश्राव नै हुन्छ । एक्सरे नगरुन्जेल त्यसका बारेमा पत्तो नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ