पढ्न करिब 2 मिनेट लाग्छ

जेठ ६, काठमाडौं । महाराष्ट्रको पिम्परी-चिन्चवडमा एक ३० वर्षीय नेपाली नागरिकले आफ्नी २८ वर्षीया श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेको घटना सार्वजनिक भएको छ । अभियुक्तले आफ्नी श्रीमतीको अरु कसैसँग सम्बन्ध रहेको आशंका गरेका थिए ।

यही आशंकाका कारण उनले धारिलो ब्लेडले श्रीमतीको गुप्तांग छेडेर दुईवटा फलामको कीला ठोकेर त्यहाँ पितलको ताला लगाइदिए ।

गत मे ११ का दिन यी व्यक्तिले आफ्नी श्रीमतीको अर्कैसँग प्रेम सम्बन्ध रहेको आशंकामा आफ्नी श्रीमतीलाई कुटपिट गरी हात खुट्टा बाँधेका थिए । यसपछि आरोपीले धारिलो ब्लेड लिएर श्रीमतीको गुप्तांगमा दुईवटा प्वाल बनाएर फलामको कीला हाले अनि त्यसमा ताला लगाए ।

भारतीय सन्चारमध्यमका अनुसार यसपछि पनि उनले आफ्नो क्रूरता जारी राखे र श्रीमतीलाई कुटपिट गरिरहे । महिलाले मद्दतको लागि चिच्याउन थालिन् र भुइँमा रगतले लतपत अवस्थामा पीडाले कराउन थालिन् ।

महिलालाई अस्पताल लगिएको थियो जहाँ उनको अहिले उपचार भइरहेको छ । महिला गम्भीर घाइते भए पनि पछि उनले प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । पीडक र पीडित नेपाली नागरिक भएको खुलाईए पनि घटना संवेदनशील भएको हुनाले थप पहिचान खुलाइएको छैन ।

आरोपी नेपाली युवा चौकीदारको काम गर्छन् भने महिला गृहिणी हुन् । भारतीय दण्ड संहिता (आईपीसी) को विभिन्न धाराहरू अन्तर्गत अभियुक्रू विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

धारा ३२६ (जानाजान खतरनाक हतियार वा माध्यमबाट गम्भीर चोट पुर्याउने), ५०६ (२) (आपराधिक धम्की), र २३२ (स्वैच्छिक रूपमा चोट पुर्याउने) समावेश छ। प्रहरीले महिलामाथि भएको निर्ममताको निन्दा गर्दै श्रीमानलाई कडा कारबाही गरिने बताएको छ ।