कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् ।
१ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

११ कार्तिक २०७३, बिहीबार ०१:२७

कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् ।

सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो । त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ ।

भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ ।

तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुने समाचार छ ।

उक्त दिन मुखर्जी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ । ‘यस दिन त्रिभुवन विमानस्थल सबैभन्दा धेरै समय प्रभावित हुनेछ,’ प्रवक्ता ठाकुरले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली