कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरम"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारको अवसरमा एनसेलले ल्यायो मोबाइलमै टीभी हेर्ने सुबिधा

११ कार्तिक २०७३, बिहीबार ०२:०६

कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरमा मोबाइलमै अनलाइन टीभी हेर्न सक्ने छन् । कम्पनीले नेपालमा पहिलो पटक आफूले यस्तो सेवा सुरु गरेको दाबी गरको छ । योजनामा सहभागी ग्राहकले नेट टीभी एपमार्फत अनलाइन टीभी हेर्न सक्ने छन् । नेट टीभी, एनआईटीभी स्ट्रिम्ज प्रालिको एप हो । यो योजना बुधबार देखि १५ दिनका लागि सुरु गरिएको कम्पनीले जनाएको छ । ३० मिनेट देखि ३ घण्टासम्मका टिभी प्याक ग्राहकले किन्न सक्ने छन् । ३० मिनेटको ३५, १ घण्टाको ६०, २ घण्टाको १ सय र ३ घण्टाको १ सय ५० रुपयाँ शुल्क निर्धारण गरिएको छ । यी कर सहितका प्याकेज हुन् ।

चारैवटा प्याकहरू ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नवीकरण हुने दुई किसिमकै छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र नवीकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नवीकरण हुनेछ । 

प्याक खरिद गर्नका लागि ग्राहकहरूले एस्ट्रिक १७१३३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरू खरिद गर्न सक्छन् । प्याक बन्द गर्नुपर्ने भएमा एस्ट्रिक १७१३३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सेवा बन्द गर्न सक्ने छन् । त्यसै गरी १७१३३ मा एसएमएस गरेरपनि प्याक बन्द गर्न सकिन्छ । – कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन