कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरम"/>

2026-06-20 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारको अवसरमा एनसेलले ल्यायो मोबाइलमै टीभी हेर्ने सुबिधा

कात्तिक ११, काठमाडौ | एनसेलले 'मोबाइल टीभी प्याक’ ल्याएको छ । तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको हो । 

यो योजनामा सहभागी हुने ग्राहकले सस्तो दरमा मोबाइलमै अनलाइन टीभी हेर्न सक्ने छन् । कम्पनीले नेपालमा पहिलो पटक आफूले यस्तो सेवा सुरु गरेको दाबी गरको छ । योजनामा सहभागी ग्राहकले नेट टीभी एपमार्फत अनलाइन टीभी हेर्न सक्ने छन् । नेट टीभी, एनआईटीभी स्ट्रिम्ज प्रालिको एप हो । यो योजना बुधबार देखि १५ दिनका लागि सुरु गरिएको कम्पनीले जनाएको छ । ३० मिनेट देखि ३ घण्टासम्मका टिभी प्याक ग्राहकले किन्न सक्ने छन् । ३० मिनेटको ३५, १ घण्टाको ६०, २ घण्टाको १ सय र ३ घण्टाको १ सय ५० रुपयाँ शुल्क निर्धारण गरिएको छ । यी कर सहितका प्याकेज हुन् ।

चारैवटा प्याकहरू ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नवीकरण हुने दुई किसिमकै छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र नवीकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नवीकरण हुनेछ । 

प्याक खरिद गर्नका लागि ग्राहकहरूले एस्ट्रिक १७१३३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरू खरिद गर्न सक्छन् । प्याक बन्द गर्नुपर्ने भएमा एस्ट्रिक १७१३३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सेवा बन्द गर्न सक्ने छन् । त्यसै गरी १७१३३ मा एसएमएस गरेरपनि प्याक बन्द गर्न सकिन्छ । – कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ