2026-06-20 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्की म्याद तामेली प्रकरण,कर्मचारी पोलापोल गर्दै

कात्तिक १२, काठमाडाैं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका तीन कर्मचारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

प्रशासनले उठाएको टिप्पणीका आधारमा कारबाहीको प्रस्तावमा परेका सर्वोच्च अदालतका तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिकाकी वडा सचिव सरिता राई र वडाका नासु भेषराज अर्याल आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतमा उनीहरुले पेश गरेको लिखित जवाफमा एकले अर्कालाई आरोप लगाएका छन् । महानगरपालिकाको १० नम्बर वडा सचिव सरिता राईले तामेलदार खत्रीका कारण असोज १९ गते म्याद तामेल हुन नसकेको जनाएकी छन् भने नासु अर्यालले आफूलाई म्याद तामेलीबारे अख्तियारी नै नदिइएको दावी गरेका छन् ।

तामेल्दार खत्रीले भने वडा सचिवले तालिम र वृद्धभत्ता वितरणमा आफूलाई व्यस्त देखाएकाले जिम्मेवारी अनुसार काम सम्पन्न हुन नसकेको जवाफ दिएका छन् । तीनजनाले छुट्टाछुट्टै बुझाएको प्रतिवेदन हेर्दा उनीहरुबीच आ–आफ्ना दावी मेल खाँदैनन् । उनीहरुले कारबाहीबाट जोगिन एक अर्कालाई जिम्मेवार ठहर्‍याएका छन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ