२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीमा पदपूर्ति भएन

२०७३, १२ कार्तिक शुक्रबार ०२:०२

कात्तिक १२, काठमाडाैं |  प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट लिइने प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको २ हजार ४ सय ७४ पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले भने ६ सय ३७ जनाका लागि मात्रै भर्ना खुल्ला गरेको छ । 

सार्वजनिक कार्यक्रमहरूमा प्रहरी नेतृत्वले अपराध अनुसन्धान र शान्ति सुरक्षामा जनशक्ति अभाव रहेको तर्क गर्दै आएको छ । प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार संगठनमा प्रहरी कार्यालय सहायकदेखि डीआईजीसम्म ३ हजार ७ सय ९७ पद रिक्त छ । तर त्यसलाई पूर्ति गर्न नयाँ भर्ना र बढुवा प्रक्रिया अगाडि बढाइएको छैन ।

प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार प्रहरी निरीक्षकमा ८६ र प्रहरी सहायक निरीक्षक (असई) मा ५ सय ५१ पदका लागि भर्ना आहवान भएको छ । मानवस्रोत विभागको तथ्यांकमा प्रहरी निरीक्षकमा २ सय ४ र असईको ७ सय १० पद रिक्त छ । खुल्ला प्रतिस्पर्धाबाट छानिने प्रहरी जवानको १ हजार ८ सय ३७ पद रिक्त भए पनि भर्ना प्रक्रिया सुरु भएको छैन । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन