2026-06-19 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना

साउन ३, काठमाडौँ । उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उनी विवादमा परेकी हुन् ।

धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ । उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।


आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।

रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु’, उनले पत्रमा भनेकी छन्, ‘उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी छन् । रानाले यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने तर्कसहित अमेरिकाबाट आएको निम्तोको सराहना गरेकी छन् ।

विवाद

भिसा माग्दै अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले रानाको राजीनामा मागेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले राजीनामा दिनुपर्ने बताए । रानाले रकम लिएर पनि अमेरिका नपठाएको भन्दै केही पीडितहरूले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमा उजुरी गरेका छन् । उजुरीबारे अध्ययन भइरहेको खतिवडाले बिहीबार सञ्चारकर्मीहरूलाई बताए ।

खतिवडाले उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्नु गलत भएको तर्क गरे। आगामी साउन ६ गते बस्ने प्रतिनिधि सभा बैठकअघि नै रानाले पद त्याग्नु उचित हुने तर्क खतिवडाले गरेका छन् । उपसभामुख रानाले आफूमाथि लागेको गम्भीर आरोपबारे केही बोलेकी छैनन् । रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसबाबारे सभामुख देवराज घिमिरेसँग चासो राखेको छ ।

रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक छलफल गरिरहेको जनाएको छ । सञ्चारमाध्यमका समाचारलाई अध्ययन गरिरहेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । उनले यसबारेमा के भएको भनेर सभामुख घिमिरेसँग चासो राखिएको पनि बताएका छन् । तर सभामुख घिमिरेले यसबारेमा आफूले बुझिनसकेको बताएक परियारले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग