2026-09-27 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सरकारी जागिर नभएको भन्दै मण्डपबाटै बिहे अस्वीकार, १ लाख २० हजारको तलब स्लिप देखाँउदा पनि बिहे रद्द

काठमाडौँ | भारतको उत्तर प्रदेशमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ केटाको सरकारी जागिर नभएको थाहा पाएपछि दुलहीले मण्डपमै बिहे अस्वीकार गरेकी छन्। बेहुला पक्षका जन्तीहरू रित्तै हात फर्कनुपरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार समारोह सुरु भइसकेको थियो, र मण्डपमा बेहुला र बेहुलीले वरमाला साटासाट गरिसकेका थिए। तर, विवाह चल्दै गर्दा कसैले केटाको जागिरबारे सोध्यो। उनका बुवाले छोरा सिभिल इन्जिनियर भएको बताए ।

त्यसपछि युवतीले बिहे अस्वीकार गरिन् । दुलहीको यो निर्णयपछि दुबै पक्षका मानिसहरूले उनलाई सम्झाउने प्रयास गरे। दुवै पक्षले सम्झाउने प्रयास गरे पनि सफल हुन सकेन । केटी तयार भइनन् ।

बेहुलाका बुवाले छोरा निजी कम्पनीमा सिभिल इन्जिनियर भएको र मासिक १ लाख २० हजार तलब हुने बताए । केटीलाई मनाउन केटाले आफ्नो तलब स्लिप मगाएर पनि देखाए । तर, दुलहीले आफ्नो अडान नछोडी बिहे गर्न इन्कार गरिन्।

अन्ततः दुलहीको जिद्दीका कारण दुलाहा पक्ष विवाहको खर्च बराबर गर्ने सहमतिसहित रित्तै फर्किए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह