2026-06-19 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको पहिलाकाले पनि गरेका थिए, किन केहि नबोल्या भन्ने तर्क लज्जास्पद: रञ्जु दर्शना

साउन ७,  काठमाडौँ । विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्र विवादमा रास्वपाका नेताहरूले गरेको तर्क लज्जास्पद भएको टिप्पणी गरेकी छन् । 

‘सम्माननीय उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा अन्तरवार्ता डेटको प्रिबुकिङ गर्न आफ्नो समेत अरूहरूको पनि नाम किटान गरेर पत्र पठाउनु भएको कुरा सरासर गलत हो’, रञ्जु दर्शनाले सोमबार सामाजिक सञ्जाल एक्समा भनेकी छन्, ‘पहिलाका नेताहरूले पनि त गरेका थिए, किन केहि नबोल्या भन्ने तर्क झन लज्जास्पद हो। किनभने पुराना ठिक भएनन् भनेरै नयाँ आको होइन र ?’


प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद सुमना श्रेष्ठले रानाको बचाउ गर्दै तर्क गरेपछि दर्शनाले यस्तो बताएकी हुन् । यस्तै रास्वपाका अन्य नेताहरु पनि बचाउमा उत्रिएका छन् ।

रास्वपाले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरूलाई महत्त्वपूर्ण पदभार सम्हाल्न पठाएको तर केही नसिकाएको उनको भनाइ छ । जसको फलस्वरुपः  एकपछि अर्को यस्तै किसिमका घटना देखिन सक्ने दर्शनाको टिप्पणी छ ।

‘व्यक्तिलाई  नेता बनाउने लामो प्रक्रिया अनि बाटो हो। रास्वपाले युद्ध मैदानमा बिना हतियार योद्धाहरूलाई पठाउन हुन्न’, उनको भनाइ छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुखको पत्रका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच वादविवाद भएको थियो । उपसभामुखले आफूले गलत नगरेको दाबी गर्दै आएपनि सत्तापक्षका सांसदले उपसभामुखमाथि छानबिनको माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग