साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसै"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यी हुन् विश्वकै सबैभन्दा शंकालु महिला

२०८१, २० श्रावण आईतवार ११:२९

साउन २०, काठमाडौँ | दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसैलाई विश्वास गर्दैनन् ।

माया प्रेममा हर कोही आफ्नो प्रेमीप्रति थोरबहुत ‘पोजेसिभ’ हुन्छन् । यो सायद सामान्य पनि हो कि ? तर आफूले माया गरेको मान्छेलाई विश्वासै नगर्ने अनि जतिबेला पनि शङ्का गर्नेचाहिँ एक खालको रोग नै हो ।


५२ वर्षकी डेबी वूडले सन् २०११ मा स्टिभलाई भेटेकी थिइन् । केही वर्ष अफेयरमा रहेपछि दुवैले बिहे गरे । तर डेबीले आफ्नो पतिमाथि फिटिक्कै विश्वास गर्दिनन् । काममा गएर आएको होस् वा अन्य कतै बाहिरबाट घर छिर्ने बित्तिकै सोधपुछ गरिहाल्छिन् । बुढालाई केरकार गर्न थाल्छिन् ।

उनले पतिको इ–मेल, सामाजिक सञ्जालको एकाउन्ट र फोनमा नजर राख्न ल्यापटपमै पनि चाइल्ड प्रुफ फिल्टर राखेकी छिन् । यतिले पनि नपुगेर डेबीले घरमै लाइ डिटेक्टर अर्थात् झुट बोलेको पक्रिने मेशिन ल्याएर राखेकी छिन् । आफूले केही गलत नगरेको अनि आफूलाई प्रमाणित गर्न लाइ डिटेक्टर गराउन समेत तयार रहेको भनेर स्टिभले भनेपछि डेबीले सो मेशिन किनेकी थिइन् । डेबीले बेला बेलामा स्टिभको फोन र बैंक खाता पनि छड्के जाँच्छिन् ।

डेबीको यो व्यवहार सामान्य फिटिक्कै होइन । यसको विश्लेषण गरेपछि उनी अथेलो सिन्ड्रोमबाट ग्रसित रहेको पाइयो । यसले व्यक्तिमा जलन, ईश्या र शङ्कालाई बढवा दिन्छन् । शेक्सपियरको नाटक अथेलोबाट यो रोगको नाम आएको हो । यो नाटकले शङ्का, ईर्ष्या र विश्वासघातको कथा बताउँछ । अथेलो सिनड्रोमकै कारण डेबीले पतिलाई मुठ्ठीमा राख्न खोजेको पाइयो । यसबाहेक पनि उनी बाईपोलार डिस्अर्डरबाट ग्रसित थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले