Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

नवलपुर | पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ स्थित चौधरी ग्रुप उद्योग ग्रामको मुख्य गेटमा स्थानीयले तालाबन्दी गरेका छन्। उद्योगबाट उत्पन्न धुलो र प्रदूषणले आजित बनेका स्थानीयले सोमबार विरोधस्वरूप उद्योग गेटमा तालाबन्दी गरेका हुन्।

संघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माका अनुसार विगत पाँच दिनदेखि विभिन्न चरणका आन्दोलन गरेका भए पनि उद्योग प्रशासनले चासो नदेखाएको कारण तालाबन्दी गर्न बाध्य भएका छन्।

स्थानीयले प्रदूषण नियन्त्रणका लागि वर्षौंदेखि माग राख्दै आए पनि उद्योग प्रशासनले सम्झौता गरेर कार्यान्वयन नगरेको र समस्याहरू झन् बढ्दै गएको बताएका छन्। उनीहरूले माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मुख्य गेटमा प्रदर्शन गर्दै स्थानीयले “कालो खरानी उडाउन बन्द गर,” “जल प्रदूषण बन्द गर,” “स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर,” र “जनताको स्वास्थ्यमाथि खेलबाड गर्न बन्द गर” भन्ने नाराबाजी गरेका थिए।

संघर्ष समितिले आठबुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको छ। उनीहरूले प्रदूषण नियन्त्रणका ठोस कदम चाल्न र जनताको स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी पूरा गर्न उद्योग प्रशासनलाई दबाब दिएका छन्।