साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

"/>
2026-06-16 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानमा शक्तिशाली भूकम्पको चेतावनी

साउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो ।

एड्भाइजरीलाई भूकम्प आउन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सजगता अपनाउने उपायको एक हिस्सा भनिएको छ । यसलाई भूकम्पको नान्काई सूचना प्रोटोकलको रूपमा व्याख्या गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले नान्काई र आसपासको क्षेत्रमा शक्तिशाली भूकम्प जाने प्रवल सम्भावना रहेको बताएको छ । शक्तिशाली भूकम्प गएपछि सुनामी र भीषण हावाहुरीको सम्भावना रहेको पनि एजेन्सीले जनाएको छ ।

‘शक्तिशाली भूकम्पको सम्भावना एकदमै बढी भएको आकलन गरिए पनि यो निश्चित यही समयमा आउँछ भन्न सकिंदैन,’ एजेन्सीले उल्लेख गरेको छ ।

बिहीबार जापानको दक्षिण पश्चिम क्षेत्रमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्पहरू गइरहेका छन् ।

मौसम विज्ञान एजेन्सीले टोकियो वरपरका क्षेत्रहरूदेखि दक्षिणी ओकिनावा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रका स्थानीय तहहरूलाई भूकम्पबाट बच्ने तयारी र जाँच गर्न आग्रह गरिरहेको छ ।

सरकारी अधिकारीहरूले फर्निचरहरूलाई सुरक्षित रूपमा अडाउन आग्रह गरिरहेका छन् । सरकारी निकायले परिवारका सदस्यहरू भेट्ने र उनीहरूलाई सुरक्षित राख्ने उपाय अपनाउन सुझाव दिएका छन् । बालबालिका, वृद्धवृद्धा र अशक्तहरू बढी जोखिममा हुने भएकाले उनीहरूको सुरक्षाको लागि बढी सोच्न परिवारका सदस्यलाई आग्रह गरिएको छ ।

विज्ञहरूले नान्काई भूकम्प सुरुगा तट, सिजुवाका क्षेत्र र ह्युगानाडा नदीको प्लेटबाट आउने बताएका छन् । उनीहरूले ८ देखि ९ म्याग्नेच्युटको भूकम्प तीन दशकभित्र ७० देखि ८० प्रतिशत आउने सम्भावना औंल्याएका छन् ।

शक्तिशाली भूकम्पबाट २ लाख ३० हजार नागरिकको ज्यान जान सक्ने र २० लाख घर ध्वस्त हुने सरकारी आकलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ