2026-09-27 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन् । गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। घटनामा ७ सैनिक भने गम्भीर घाइते भएका छन्।

बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

आक्रमणपछिको उद्धार । तस्बिरः गेट्टी इमेज

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

शान्ति मिसनमा ४० देशका सेना कार्यरत छन्। लेबनानमा प्रवेश गरेको दुई वटा ट्याङ्क भने आइतबार साँझ नै इजरायलमा फर्केको छ। इजरायलले हिजबुल्लाहलाई फेरि दक्षिणी लेबनानको गाउँमा आउन नदिने बताएको छ।

यसैबिच आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १३ बालबालिकासहित ४१ जनाको ज्यान गएको छ।

गाजाको नेसुरिइत शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको थियो।

आइतबार हिजबुल्लाहका नेता हसन नरसल्लाहको भिडियो सन्देश सार्वजनिक भएको छ। सो सन्देशमा आफ्ना व्यक्ति, परिवार देश, मूल्य र मान्यताका लागि लड्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह