2026-06-20 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा आज भारत जाँदै, मोदीसँग सोमबार भेटवार्ता

कात्तिक १९, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवा आज नयाँदिल्ली जाँदै छन् । इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उनी दिल्लीबाट आजै गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्ने कार्यक्रम छ ।

फाउन्डेसन भारतीय जनता पार्टी निकटको बुद्धिजीवीहरूको संस्था हो । कांग्रेस सभापति देउवाले स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित साहसँग शुक्रबार राति भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । उनले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनि शुक्रबार नै भेटघाट गर्ने भएका छन् ।

गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । उनी शनिबार दिल्ली फर्कनेछन् । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राजनीतिक भेटघाट सकाएर देउवा २३ कात्तिक मध्याह्न १२ बजे नेपाल फर्किनेछन् । देउवाको भ्रमण टोलीमा पत्नी आरजु पनि सहभागी हुनेछिन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ