कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।
अस्ट्र"/>
कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।
अस्ट्र"/>
कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।
अस्ट्रेलिया महादेशको सर्बाधिक ठुलो पर्बत कोजिय्सको हिमाल उल्टो हिडेर आरोहण गरेको २ वर्ष पुगेको अबसरमा उनले यो दौड दौडने छन् । उनले मान्छे उल्टो हिडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुराको प्रमाणित गर्न आफु यति लामो उल्टो दौड दौडिएर संसारलाइ देखाउनको लागि दौडिने बताए ।
मंगलबार काठमाडौँमा घोषणा गर्दै उनले भने- 'मलाई थाहा छ, यो निकै कठिन कार्य हो, तर म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण बिस्वोस्थ छु,' । उनले आफ्नो उल्टो दौडलाई निरन्तरता दिने बताउदै नेपालबाट उल्टो दौडको सुरुवात भएको भन्ने कुरा विश्वसामु देखाउन चाहेको बताए ।
उनले यसलाई आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्ने पनि बताए । भबिस्यमा उल्टो दौड आयोजना गरि वोर्ल्ड चेम्पिन्शिप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने उनको भनाइ छ । उनले २२ नोवेम्बेर २०१४ मा अस्ट्रेलियाको सर्बोच्च सिखर ५ घण्टा २७ मिनेटमा सफलता पुर्बक उल्टो हिडेर आरोहण गरेका थिए ।
पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिडेर अफ्रीकाको सर्बोच्च सिखर आरोहण गरेका थिए भने बिस्वको सर्बोच्च सिखर सगरमाथा प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु , जापानको फुजी, तान्जानियाको मेरु, यूरोपको सर्बोच्च सिखर एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पुर्बक आरोहण सम्पन्न गरिसकेका छन् ।
उनले काठमाडौँ खासा, जिरी काठमाडौँ गोर्खा, प्युठान काठमाडौँ, लुक्ला आइलैंड पिक, दाङ प्युठान जस्ता दर्जनौ लामो दुरीका दौडहरुको अनुभव लिदै २४९५ कि मि लामो दौड दौडीसकेका छन् ।
तेन्जिंग हिलारी म्याराथोंन, मनास्लु अल्ट्रा २१३ कि मि, काठमाडौँ अन्तरास्ट्रिय म्याराथोंन, रियल अन्तरास्ट्रिय म्याराथोंन, कस्पोक मेरथोंन, इन्वेसमेन्ट बैंक म्याराथोंन लगाएत अन्य पर्तिस्पर्धामा भाग लिसकेका छन् ।
पण्डितको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिब तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ ।
उनले २२ नोवेम्बेरमा दसरथ रंगशालाबाट उल्टो पैदल दौड सुरुवात गर्ने छन् । पण्डितले यो बर्षको अन्त्य सम्म एनटारटीका महादेशको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेको पनि जानकारी दिए ।