2026-10-19 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ

काठमाडौँ | वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार (चैत २७) प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो । नयाँ भाडादर शनिबार (चैत २८)देखि लागु गरिएको छ । योसँगै अब काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रीवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।

१० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यो भाडादर पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधनमा मात्र लागु हुने स्पष्ट पारे ।

विद्युतीय सवारीसाधनमा भने साबिककै भाडादर लागु हुने उनले जानकारी दिए । “अहिले तत्काललाई विद्युतीय सवारीसाधनमा पहिला ०७९ सालमा जे तय भएको हो, त्यो नै अहिले लागु हुन्छ,” उनले भने । उनले राजपत्रमा प्रकाशित सूचनाअनुसार भाडा लिनदिन सम्बन्धित सबैमा आग्रह समेत गरे ।

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिसँगै सवारीसाधनको भाडा बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ