2026-09-10 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ

काठमाडौँ | वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार (चैत २७) प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरिएको हो । नयाँ भाडादर शनिबार (चैत २८)देखि लागु गरिएको छ । योसँगै अब काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रीवाहक सार्वजनिक सवारीसाधनमा न्यूनतम २४ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । पाँच किलोमिटरसम्म दूरीका निम्ति २४ रुपैयाँ भाडा कायम गरिएको हो । पाँच किलोमिटरसम्मको भाडा यसअघि १९ रुपैयाँ थियो ।

१० किलोमिटरसम्म ३३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । १५ किलोमिटरसम्म ३९ रुपैयाँ भाडा कायम गरिएको प्रदेश राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस्तै, २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका निम्ति ५० रुपैयाँ भाडा कायम गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यो भाडादर पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधनमा मात्र लागु हुने स्पष्ट पारे ।

विद्युतीय सवारीसाधनमा भने साबिककै भाडादर लागु हुने उनले जानकारी दिए । “अहिले तत्काललाई विद्युतीय सवारीसाधनमा पहिला ०७९ सालमा जे तय भएको हो, त्यो नै अहिले लागु हुन्छ,” उनले भने । उनले राजपत्रमा प्रकाशित सूचनाअनुसार भाडा लिनदिन सम्बन्धित सबैमा आग्रह समेत गरे ।

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिसँगै सवारीसाधनको भाडा बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो