नेकपा माओबादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामासंग भोलि (आइतबार) गरिएको नेपाल बन्दाबारे दिपेन्द्र रावलले गरेको कुराकानीको केहि अंश:
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा माओबादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामासंग भोलि (आइतबार) गरिएको नेपाल बन्दाबारे दिपेन्द्र रावलले गरेको कुराकानीको केहि अंश:
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खाद्य सम्प्रभुता अधिकार ग्यारेण्टीको लागि नेपाल बन्द’

२०७३, २७ कार्तिक शनिबार १३:४७

नेकपा माओबादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामासंग भोलि (आइतबार) गरिएको नेपाल बन्दाबारे दिपेन्द्र रावलले गरेको कुराकानीको केहि अंश:

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ? 

राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा गैरजिम्मेवार बनेपछि नेपाल बन्द गर्नु परेको हो । 

बन्द गरेपछि राज्यले तपाईँहरुको माग पूरा गर्छ त ? 

राज्य आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । नागरिकको बाच्ने अधिकारको रक्षा गर्नुपर्ने हो तर राज्य गैरजिम्मेवार छ । हामीले नागरिकको तर्फबाट राज्यलाई जिम्मेवार बनाउन उद्देश्यले बन्दको आयोजना गरेका हौँ । आफ्नो अधिकारको लागि नागरिकको शान्तिपूर्ण संघर्षको उच्च रुप बन्द हो । हामीले त्यही शान्तिपूर्ण आन्दोलनको उच्च रुप अपनाएका हौँ । 

यदि राज्य अझ पनि जिम्मेवार नभए नागरिकले नेपाल बन्दभन्दा ठूलो संघर्षको रुप अपनाउन बाध्य हुनेछन् । 

तपाईँका एजेण्डा ठिकै भएपनि बन्दको विकल्पमा कुनै अर्को संघर्षका कार्यक्रम गर्न जनताको मागलाई बेवास्ता गर्नुभयो नि ? 

जनताको गुनासोसँग हामी पनि सहमत छौँ । यो बन्दको आयोजना गर्नुभन्दा हामीले पार्टीमा बहस–छलफल गरेका थियौँ । गैरजिम्मेवार राज्यलाई यो भन्दा अर्को संघर्षका कार्यक्रममा नछुने भएका कारण नेपाल बन्द गर्न बाध्य भएका हौँ । यो कुनै ब्यक्ति वा समूहको विषय नभएर आम नागरिककै अधिकारसँग सम्बन्धित विषय हो । 

अर्को कुरा नागरिकले एक दिनको दुःखले अधिकार पाए भने त सधैको लागि हुन्छ । त्यसैले राज्यलाई दवाव सिर्जना गर्न आइतबारको नेपाल बन्द सफल पार्नुपर्छ । 

खाद्य सम्प्रभुता त एनजिओ र आइएनजिओहरुले पहिले नै उठाएको विषय हो । तपाईँहरुले प्रचारको लागि यो विषय उठाउनु भएको भन्ने आरोप छ के भन्नुहुन्छ ? 

त्यो गलत हो । एनजिओ र आइएनजिओले त नागरिकका नाममा डलर ल्याउने र नयाँ धनाढ्य बन्ने उद्देश्यले खाद्य सम्प्रभुता विषय उठाइरहेका छन् । यो राज्य वा राजनीतिक पार्टीहरुले उठाए मात्र समाधान हुने विषय हो । त्यसैले एनजिओ र आइएनजिओहरु पहिलो उठाए पनि अहिलेससम्म समस्या उस्तै छ । नागरिकलाई केही राहत भएको छैन । 

प्रचारको लागि यो विषय उठाए भन्दा हामीमाथि अन्यय हुन्छ । सरकारले खाद्य सम्प्रभुताको ग्यारेण्टी गरेको भए उसैको प्रचार हुन्थ्यो । अथवा सरकारमा रहेका राजनीतिक पार्टीहरुले उठाएपनि त हुन्थ्यो नि । उहाँहरुकै उहाँहरुकै लोकप्रियता बढ्ने थियो । राज्य र राज्य संचालन गरिरहेका राजनीतिक पार्टीहरुल अलपत्र छाडेर नागरिकलाई हैरानी पारेका कारण हामीले उठाउन बाध्य भएका हौँ । 

बन्दबारे केही भन्नु छ ? 

हामीले नागरिकको दैनिक जीवनसँग जोडिएको विषयमा नेपाल बन्द गर्न लागेका छौँ । एक दिनको दुःखभन्दा अधिकार ठूलो कुरा हो । नागरिकको बाच्न पाउने आधारभूत अधिकार प्राप्तिको लागि विहान पाँच बजेदेखि साँझ पाँचसम्म नेपाल बन्दसम्म आयोजना गरिएको नेपाल बन्दमा सबैको सहयोगको अपेक्षा गरेका छौँ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल