मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड "/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा बढाउन कर वृद्धि हुनुपर्छ: उपप्रधानमन्त्री महरा

२०७३, १ मंसिर बुधबार ११:३९

मङ्सिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले सबैले कर तिरे राजस्व वृद्धि हुने र राजस्व वृद्धि भएपछि त्यसको प्रतिफल जनताले पाउने बताउनुभयो । 

कर प्रशासनका कर्मचारीलाई इमान्दारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “करलाई प्रभावकारी र सहज बनाउन सरकारले काम गरिरहेको छ ।” 

राजस्व सचिव राजन खनालले सरकारले जनतासँग कर लिएपछि सेवा र सुविधा दिनुपर्छ भन्दै यसबाट मुलुकको उन्नति हुने उल्लेख गर्नुभयो । उहाँले आमजनतासँग लिएको कर तिनकै हितका लागि विकास कार्यमा उपयोग भए मात्र त्यसले सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक चूडामणि शर्माले राज्यको कर प्रणालीसम्बन्धी नीतिमा करका दरलाई सङ्ख्यात्मक र रकमका हिसाबले घटाउने र दायरा विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले करप्रशासन र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै करसम्बन्धी कानुन परिमार्जनको आवश्यकता आँैल्याउनुभयो । 

उत्कृष्ट करदाता सिप्रदी टे«डिङका तर्फबाट शम्भु दाहालले सबै जनताले राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो । कर दिवस यस साताभर विभिन्न कार्यक्रम गरी मनाइने विभागले जनाएको छ । 

उत्कृष्ट १५ करदाता पुरस्कृत 

विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ । सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुुरस्कृत भएका छन् । 

त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पाेरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए । 

पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगतमध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ