मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए "/>
2026-09-18 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनताहरु मधेस प्रदेशमा बस्न चाहदैनन्

मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन । 

पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भव ठान्छन् ।  पूर्वी तराई मधेसका सर्वसाधारण खासगरी जनकपुर वा वीरगन्जलाई आफ्नो प्रदेशको राजधानी मान्न तयार छैनन् ।  उनीहरू विराटनगरलाई आफ्नो राजधानी देख्न चाहन्छन् ।

२ नं. प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जलाई बनाउने करिब निश्चित रहेको बुझेका मोरङ र सुनसरीका नागरिक अगुवा मधेसी दलहरूले चलाएको आन्दोलनलाई सहयोग र समर्थन गरे पनि आफ्नो प्रदेशको राजधानी जनकपुर वा वीरगन्जलाई मान्ने कुरामा नाक खुम्चयाउँछन् ।  मधेस भूभागलाई मधेस प्रदेशमै राख्नुपर्छ भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन गर्दै आए पनि विवादमा रहेका जिल्लाका वासिन्दा दुई नं. प्रदेशमा जान चाहेको पाइँदैन । 

पाँच जिल्ला मधेस प्रदेशमा गाभिनुपर्छ भन्ने मधेसवादी दलले उठाइरहेको मागको प्रभाव स्थानीय जनस्तरमा देखिँदैन, हाल एक नं. प्रदेशमा रहेका सुनसरीका वासिन्दासमेत विकल्प खोज्नुपर्ने पक्षमा देखिन्छन् ।  बरु उनीहरू झापा, मोरङ, सुनसरी जिल्लामा सप्तरी, सिरहा र उदयपुर मिसाएर नयाँ प्रदेश बनिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।  त्यसो हुन नसके विवादमा ल्याइएका तीन जिल्लालाई केन्द्र शासित प्रदेश वा विशेष प्रदेशको रूपमा राख्न सकिने तर दुई नं. प्रदेशमा मिलाउन नसकिने अडान उनीहरूको छ । 

मधेसवादी दलका नेताहरूमा दुइटा धारणा पाइएको छ ।  उनीहरूले औपचारिक रूपमा कुरा गर्दा यी तीन जिल्लालाई मधेस प्रदेशमा जसरी पनि मिलाउने कुरा गर्नुहुन्छ भने अनौपचारिक रूपमा कुरा गर्दा मधेस प्रदेशमा जान गाह्रो हुने बताउँछन्।

मधेस प्रदेशमा किन नजाने भन्ने जिज्ञासामा उनीहरूले त्यसको प्रमुख कारण प्रदेशको राजधानी कहाँ भन्ने कुरालाई लिन्छन्।  मधेस प्रदेशको राजधानी जनकपुर हुने लगभग पक्कापक्की नै भइसकेको छ तर झापा, मोरङ र सुनसरीका वासिन्दालाई जनकपुरभन्दा विराटनगर नै प्यारो छ ।  झापा, सुनसरी र मोरङका जनताको मात्र होइन, सिराहा, सप्तरीसम्मका जनतालाई जनकपुर होइन, विराटनगर आकर्षणको केन्द्र भएको छ।  सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीका सह इन्चार्ज एवम् केन्द्रीय सदस्य एसएन मेहताले झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा मिलाउनुपर्ने माग राख्दै आफूहरूले आन्दोलन गरिरहे पनि जनकपुरलाई राजधानी बनाउने हो भने त्यसलाई स्वीकार गर्न गाह्रो हुने बताउँछन्। -गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई