मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्"/>
2026-06-19 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयको अनुगमनपछि निजी क्लिनिक दर्ता गर्ने बढे

2016-11-20

मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्यालयमा दर्ता गराउने बढेका छन् । 

एक साताअघिबाट बिनादर्ता सञ्चालन भएका क्लिनिकमा अनुगमन तीब्र पारिएपछि उपत्यकाका तीनै जनस्वास्थ्य कार्यालयमा दैनिक सरदर १३ क्लिनिक दर्ताका लागि जाने गरेका छन् । 

काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अहिले दर्ता र नवीकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । यसअघि सातामा तीन÷चारवटा मात्र आउने गरेकामा अहिले दैनिक १३ भन्दा बढी आउने गरेको जानकारी दिनुभयो । 

ललितपुर जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन शङ्कर पौडेलले अहिले सिलबन्दी गरिएका पनि दर्ताका लागि आएको र अन्य पनि सिल हुने डरले आइरहेको बताउनुभयो । आज पनि स्वास्थ्य मन्त्रालयबाट अनुगमनका लागि गएको टोलीले काठमाडाँै र ललितपुरमा थप तीनवटा क्लिनिकमा सिलबन्दी गरेको छ । 

आज काठमाडौँको सोह्रखुट्टेमा रहेको न्यून शुल्क दन्त चिकित्सालयमा सिलबन्दी गरिएको छ । टोली आज सोह्रखुट्टे, सीतापाइला, गोङ्गबु क्षेत्रमा रहेका १४ वटा निजी क्लिनिकमा अनुगमन गरेको थियो । 

यसैगरी ललितपुरको सातदोबाटो क्षेत्रका ११ वटा क्लिनिकमा गरिएको अनुगमनमा दुई क्लिनिक सिल गरिएको छ । बिनादर्ता सञ्चालनमा रहेका श्री मनकामना मेडिकल पोलिक्लिनिक र रुद्राक्ष आयुर्वेद क्लिनिकमा सिलबन्दी गरिएको अनुगमन टोलीका सदस्य तथा मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदीले जानकारी दिनुभयो । 

यो दुई जिल्लाका हालसम्म बिनादर्ता सञ्चालनमा रहेका ४० क्लिनिक सिल भएका छन् । मन्त्रालयले अघिल्लो सातादेखि अनुगमन सुरु गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो