२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको स्थानीय तह पुनःसंरचनाको माइन्युट मधेसी मोर्चाको कब्जामा

२०७३, ६ मंसिर सोमबार ०३:४७

मङ्सिर ५, नवलपरासी । नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नो नियन्त्रणमा लिएका छन् । 

स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेस केन्दित दलका प्रतिनिधिले माइन्युट समेत आफ्नो नियन्त्रणमा लिएका हुन् । 

जिल्लाको पुरानो सात वटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिकामा प्रमुख दलले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माइन्युट आफ्नो नियन्त्रणमा लिएका हुन् । 

पटकपटक मोर्चाले संविधान संशोधन गरी सीमाङ्कन टुङ्गो नभएसम्म पुनःसंरचनाप्रति असहमति जनाएको अवस्थामा पुनःसंरचनाको खाका माइन्युटमा उल्लेख गर्न खोज्दा मोर्चाले माइन्युट आफ्नो कब्जामा लिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुरन चौधरीले बताउनु भयो । 

संविधानको व्यवस्था अनुसार नवलपरासी जिल्लाको दाउन्ने पूर्व भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश नं ५ गरी जिल्ला विभाजन भए पनि यसको सीमाङ्कन प्रष्ट नभएकाले अहिले स्थानीय तहको पुनःसंरचना उचित नरहेको मोर्चाले दाबी गरेको छ । 

शीर्ष दलले राखेको धारणाप्रति मोर्चा , नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दललगायतले असन्तुष्टि जनाउँदै पहिला सीमाङ्कन स्पष्ट भएपछि मात्र पुनःसंरचनाको खाका बनाउन आग्रह गरेका छन् । 

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा १५ वटा स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ । नवलपरासीको जनसङ्ख्या अनुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा